अफ्रिका कपः गिनी–बिसाउमाथि इजिप्टको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २, आईतबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ २, एजेन्सी । अफ्रिका कप अफ नेसन्समा इजिप्टले पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत रोम्डे अडिजिया स्टेडियमा शनिबार राती भएको खेलमा गिनी–बिसाउमाथि १–० को जित दर्ता गरेको हो ।

इजिप्टको जितमा मोहमद सलाहले गरेको एकमात्र गोल निर्णायक बन्यो । सलाहले खेलको ६९ औ मिनेटमा गरेको गोलको मदतमा इजिप्टले दुई खेलमा पहिलो जित दर्ता गर्यो ।

यस अघि इजिप्टले आफ्नो पहिलो खेलमा नाइजेरियासँग १–० ले पराजित भएको थियो ।

शनिबार राती नै भएको खेलमा नाइजेरियाले सुडानमाथि ३–१ गोल अन्तरको जित दर्ता गर्यो ।

नाइजेरियाको जितमा चुकवेजे, अओनिया र सिमोनले गोल गर्दा सुडानका लागि एकमात्र गोल खेदर साफोर डायिनले गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस